महिला बास्केटबलमा आर्मीलाई स्वर्ण

पाेखरा | कात्तिक २, २०७९

महिला बास्केटबलमा आर्मीलाई स्वर्ण

तनहुँ : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको छ । बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले वाग्मती प्रदेशलाइ ४५–३० को अन्तरमा पराजित गरेको थियो । यो संगै वाग्मती प्रदेशले रजत पदक हात पारेको छ ।

 

प्रतियोगिताको पहिलो र दोस्रो चरणमा त्रिभुवन आर्मीले १०–८ र १४–७ को अन्तर कायम गरेको थियो । तेस्रो चरणमा भने वाग्मतीले उत्कृष्ट खेल प्रदर्शन गरि १२–८ को अन्तर बनायो । अन्तिम चरणमा वाग्मतीको कमजोर खेल प्रदर्शनको फाइदा उठाउदै आर्मीले १३–३ को फराकिलो अन्तर बनायो ।

 

आर्मीको जितमा प्रतीक्षा मगरले ११ अंक जोडेकी थिइन । सेमिफाइनल खेलमा वाग्मती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई र आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलको यात्रा तय थियो। यसै गरि थ्री बाइ थ्री महिला बास्केटबलमा एपीएफले स्वर्ग पदक हात पारेको छ भने त्रिभुवन आर्मीले रजत पदक हात पारेको छ ।
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्